स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो कालिन्चोक हाइड्रोपावरको पहिलो कारोबार?

May 26, 2026 10:46 AM Merolagani



जेठ १२ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिन्चोक हाइड्रोपावर लिमिटेड (KHPL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको १३ लाख ७५ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ४१ लाख २५ हजार कित्ता गरी कुल ५५ लाख कित्ता शेयर गत जेठ ८ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार हिजो अर्थात जेठ ११ गते, सोमबारको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनु पर्ने थियो। तर, सो दिन कारोबार म्याचिङ्ग नभएका कारण पहिलो कारोबार हुन सकेन। फलस्वरुप पहिलो कारोबार आज भएको हो।

नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको शेयर केएचपीएल टिकरमा कारोबार भएको हो।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।