यी कम्पनीहरुको शेयर असार ५ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आज स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो। अब यी कम्पनीहरूकाे शेयर नियमित बजारमा काराेबार गर्न सकिनेछ।
याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको २८ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता शेयर गरी कुल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावर (TPKHL) ले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता शेयर गरी कुल १ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारका लागि नेप्सेले यी कम्पनीहरुलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। याम्बालिङ्गको शेयर (YMHL) टिकरमा कारोबार भएको छ भने टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर (TPKHL) टिकरमा कारोबार भएको छ।