स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो एभरेष्ट कलरको पहिलो कारोबार?

Jul 17, 2026 10:45 AM Merolagani



साउन १ गते, शुक्रबार, स्पेशल प्रि ओसन सेसनमा एभरेष्ट कलर (ECL) को शेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २९६ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर हिजो अर्थात असार ३२ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ७ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २२ लाख १० हजार कित्ता शेयर गरी कुल ३० लाख कित्ता नेप्सेमा हिजो सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर (ECL) टिकरमा कारोबार भएको हो।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।