स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सोपान फर्मास्युटिकल्सको पहिलो कारोबार?

Jun 08, 2026 10:47 AM Merolagani



जेठ २५ गते, सोमबार, स्पेशल प्रि ओसन सेसनमा सोपान फर्मास्युटिकल्स (SOPL) को शेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २७६ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत जेठ २२ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता शेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ५० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर (SOPL) टिकरमा कारोबार भएको हो।

 



नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।