दैलेखमा बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

Jun 01, 2026 04:43 PM Merolagani



सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बोलेरो जिप सोमबार दैलेखमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

दिउँसो करिब १ बजेतिर दैलेखको भैरवी गाउँपालिका–७ कालीगौडास्थित भित्री सडक खण्डमा सु.प.०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार गुडिरहेको गाडी एक्कासि ब्रेक फेल भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो।

दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिका–५ का ३६ वर्षीय चालक कलबहादुर रोकाय, वडा नं। ४ का ३९ वर्षीय मित्र सुनार तथा वडा नं। ६ की ६० वर्षीया पुल्तिसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल दैलेख पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा अन्य पाँच जना यात्रु गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा कालिकोटको शुभकालिका गाउँपालिकाका चक्र सुनार, भरत विक, कलम सुनार, सुमत विक र नैन सुनार रहेका छन्।

घाइतेमध्ये सुमत विक र नैन सुनारको अवस्था जटिल रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ भैरवी प्रहरी चौकी, पानीपोखरी, इलाका प्रहरी कार्यालय दुल्लु तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको संयुक्त प्रहरी टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो।

घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।