माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट, एक जनाको मृत्यु

Jul 10, 2026 12:53 PM Merolagani



काठमाडौंको जोरपाटीस्थित माकलबारीमा शुक्रबार बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक स्कुटर चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार गुडिरहेको गाडीमा रहेको अक्सिजन सिलिन्डर अचानक विस्फोट हुँदा उछिट्टिएको टुक्रा स्कुटर चालकलाई लागेको थियो। गम्भीर घाइते भएका बागलुङ घर भई माकलबारी बस्दै आएका ४६ वर्षीय विष्णु थापालाई तत्काल नेपाल मेडिकल कलेज, जोरपाटी लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको कारण र विस्फोटको प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ