सिद्धार्थ बैंकको सहयोगमा भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण

Jun 02, 2026 03:51 PM Merolagani



सिद्धार्थ बैंक (SBL) को आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ।

भूकम्पबाट प्रभावित विद्यालयको भवन पुनर्निर्माणसँगै सुलभ पहुँचयुक्त शौचालय समेत निर्माण गरिएको बैंकले जनाएको छ। नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बैंकका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

बैंकका अनुसार नयाँ भवनले विद्यार्थीहरूलाई सुरक्षित तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्नेछ। साथै, नियमित पठनपाठनलाई सहज बनाउँदै समग्र शैक्षिक वातावरण सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।