रास्वपा प्रथम महाधिवेशन पार्टी सभापति लामिछाने र प्रधानमन्त्री साहद्वारा घण्टी बजाएर उद्घाटन

Jun 21, 2026 04:11 PM Merolagani



सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन भएको छ । 

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा शुरु भएको उक्त महाधिवेशनलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पार्टीको निर्वाचन चिन्ह घण्टी बजाएर उद्घाटन गरे ।

महाधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लगायतका नेताहरु सहभागी हुनुभएको छ । महाधिवेशनमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको भने सहभागिता भएको छैन ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।