नाडाले मनायो ५० औं स्थापना दिवश (तस्विरहरु)

Jun 27, 2026 06:35 PM Merolagani



नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपाल(नाडा)ले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको छ ।

 ५० औं स्थापना दिवश तथा स्वर्ण उत्सवका अवसरमा नाडाले दशरथ रंगशाला त्रिपुरेश्वरदेखि याक एण्ड यति होटेल दरबारमार्गसम्म वाकथन तथा प्रभातफेरी गरेको थियो ।

1000

५० वर्षको सहयात्रा वाकाथन कार्यक्रमपश्चात आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जकुमार श्रेष्ठले अटोमोबाइल क्षेत्रमा निजिक्षेत्रको एक खर्बभन्दा बढी लगानी भएको र लाखौं रोजगारी सिर्जना गर्ने क्षेत्र भएकाले अबको युगमा मोबिलिटी क्षेत्र नवप्रवर्तन, स्मार्ट र प्रविधिमैत्री बन्नुपर्ने बताए ।

1000

1000

गर्भिलो विगतबाट प्रेरणा लिँदै निजिक्षेत्रले आयात मात्र गरेर नहुने भन्दै उनले स्वदेशमै अटो कम्पोनेन्ट र एसेम्बल गर्नतर्फ लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलाल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनाललगायतले आफ्नो मन्तव्य राखेका थिए ।

1000

कायक्रमा स्वर्ण उत्सव स्मारिका बिमोचन गरिएको थियो भने नाडाको ५० औं स्थापना दिवशका भिडीयो सन्देश प्रस्तुत गरिएको थियो । नाडाका अध्यक्ष सुरेन्द्रप्रसार उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको धन्यबाद मन्तव्य नाडाका उपाध्यक्ष बिक्रम सिंंहनिया र सञ्चालन महासचिव मिलनबाबु श्रेष्ठले गरेका थिए ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।