पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रिय सदस्यलाई शपथ गराएका थिए । गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको प्रथम महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रिय सदस्य निर्वाचित भएका थिए । शपथ समारोहपछि सभापति लामिछानेले सबै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका हुन्।
शपथग्रहणपछि रास्वपाको पहिलो केन्द्रिय समितिको बैठक पनि बुधवार नै बसेको छ । पहिलो बैठकले निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै सदस्यलाई दिने निर्णय गरेको छ भने अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । रास्वपाको लेखा आयोग प्रमुख अभिषेक घिमिरे र निर्वाचन आयोग प्रमुख भुवन केसी छन् ।