सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

Jul 03, 2026 03:10 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक ८.३० अंक घटेर २६५३.४० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ४६ हजार २३४ पटकको कारोबारमा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँबराबरको ८५ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन नेपाल फाइनान्सको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १३.६५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ४ प्रतिशत एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ। यस दिन ४३ करोड रुपैयाँबराबरको सो बण्ड किनबेच भएको छ। त्यस्तै, यस दिन करिब ४० करोड रुपैयाँबराबरको ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे १७ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।