नाडा अटो शो २०२६ को तयारी तीव्र, स्टल बाँडफाँटको काम सकियो

Jul 06, 2026 03:41 PM Merolagani



नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको ‘एचपी प्रिजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट कार्य सम्पन्न भएको छ ।

नाडाले आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना हुने यस भव्य प्रदर्शनीका लागि शुक्रबार गोला प्रथा (गोला प्रथा) मार्फत सहभागी कम्पनीहरूलाई स्टल उपलब्ध गराएको हो ।

नाडा सचिवालयमा आयोजित उक्त कार्यक्रममा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरू, केन्द्रीय कार्यसमिति सदस्यहरू तथा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रदर्शनीका लागि गत महिना नै रजिष्ट्रेशन खुल्ला गरिएको थियो ।

यस्तो छ स्टलको विवरण

गोला प्रथाद्वारा विभिन्न विधाका सवारी साधन र पार्ट(पुर्जाका लागि स्टलहरू बाँडफाँट गरिएको छ । प्यासेन्जर भेहिकलहरुको १९ वटा स्टल, दुई पाङ्ग्रे सवारी साधनको १० वटा स्टल, लाइट कमर्शियल भेहिकलको १७ वटा स्टल, अटो कम्पोनेन्ट्सको ४५ वटा कम्पनी (७६ वटा साना स्टलहरू) रहनेछन् ।

नाडा अटो शोको यो १८औँ संस्करण हो, जसलाई ‘नेपालकै सबैभन्दा ठूलो शो’ को रूपमा लिइन्छ । प्रदर्शनीमा सवारी साधन, पार्ट-पुर्जा, वित्तीय सेवा तथा अटो क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवाला संघ-संस्थाहरूको उत्साहजनक सहभागिता रहने देखिएको छ ।

स्टल बाँडफाँट कार्यक्रममा नाडाका महासचिव मिलनबाबु मल्लले प्रदर्शनीमा सहभागी हुने सम्पूर्ण कम्पनीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । अटोमोबाइल क्षेत्रको विकास र विस्तारका लागि यो प्रदर्शनी कोशेढुङ्गा सावित हुने नाडाले विश्वास लिएको छ ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।