निरन्तर घट्दाे क्रममा सुनचाँदीको मूल्य

Jul 07, 2026 10:54 AM Merolagani



असार २३ गते, मंगलबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेकाे छ। यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन तोलामा दुई लाख ८९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला तीन दिनदेखि सुनचाँदीको मूल्य निरन्तर घट्दाे क्रममा रहेकाे छ।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलामा चार हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।