मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुका लागि ल्याइएको मिड–डे मील कार्यक्रमलाई सहयोग

Jul 08, 2026 10:33 AM Merolagani



मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL)ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

यस कार्यक्रम अन्तरगत आयोजक सामाजिक संंस्थाले केन्द्रीकृत भान्सा प्रणाली मार्फत धनगढी स्थित सरकारी विद्यालयहरुमा अध्ययनरत ५,००० विद्यार्थीहरूलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ । विशेष गरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति अभिवृद्धि तथा शिक्षामा निरन्तरताका लागि यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको दिगो विकासमा योगदान पुर्‍याउने यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ