पूँजी बजारका लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको छलफलमा बोर्डका अध्यक्षले लगानीकर्ताका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन्। भेटमा पूँजीबजारलाई पारदर्शी र व्यवस्थित बनाउन निम्न बुँदाहरूमा केन्द्रित भई छलफल भएको छः
१) धितोपत्र बोर्डले पूँजीबजार सुधारको लागि भिजन पेपरको तयारी गरी काम गरिरहेको जस्तै बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने।
२) नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ तत्काल रोक्ने र बुक बुल्डिङ र प्रिमियुमको बारेमा भएका आईपीओ निष्काशनमा गम्भीर अध्ययन भइरहेको।
३) बोर्डमा धितोपत्र बजारको गुनासो लिएर लगानीकर्ताहरु बोर्डमा आउन नपर्ने गरी काम हुने
४) धितोपत्र बोर्डले नीतिहरु बनाउँदा सरोकार वालाहरुको सहभागितामा छलफल गरेर नीतिहरु बनाउने ।
५) बजारमा नकारात्मक हल्ला गर्ने, सामाजिक सञ्जालमा बजारको बारेमा हल्ला गर्ने र उचित प्राविधिक विश्लेषणको नाममा इन्साइडर को भूमिका खेल्ने माथि नियमन गर्ने ।
६) प्रि आईपीओको नाममा भएको चलखेल तत्काल रोकी आवश्यक कारवाही गर्ने ।
७) मार्केट मेकर, डिलर, र म्युचुअल फण्डले उद्देश्य अनुसार काम गरे नगरेको निगरानी गर्ने र ब्रोकर लाइसेन्स खुल्ला राख्ने ।
८) पूँजीगत लाभ करलाई अल्पकालीन, मध्यम र दीगो अवधिको सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने साथै डिम्याट डीपी चार्जमा पुनरावलोकन गर्न समन्वय गर्ने, र साथै कम्पनीको शेयर स्थापन रेसियोमा अध्ययन गरी ५१ः४९ कायम गर्नेमा अध्ययन गर्ने ।
छलफलमा नेपाल शेयरधनी संघ, जनरल इन्भेस्टर्स एशाेसिएशन , नेपाल शेयर बजार लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।