टुरिष्ट गाइड एसाेसिएसनको अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग विजयी

Jul 12, 2026 01:03 PM Merolagani



टुरिष्ट गाईड एसाेसिएसन अफ नेपाल (टुर्गान) को अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग विजयी भएकी छन् । टुर्गान सरकारबाट टुर गाइडकाे लाइसेन्स लिएर अंग्रेजीसहित विभिन विदेशी भाषामा पथ प्रदर्शन गर्ने व्यवसायीक व्यक्तिहरुकाे स‌ंगठन हाे।

शनिबार सम्पन्न एसाेसिएसनको ३३ औँ वार्षिक साधारण सभामा भएको निर्वाचनमा उत्तमप्रसाद देबकोटालाई हराउँदै प्रधानाङ्ग अध्यक्षमा विजयी भएकी हुन । प्रधानाङ्गले २ सय १९ मत पाउँदा देवकाेटाले १ सय सात मत पाएका थिए।

संस्थाका तीन उपाध्यक्षहरु भने निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद दुवाडी, प्रथम उपाध्यक्षमा राजेन्द्रराज बज्रचार्य र द्वितीय उपाध्यक्षमा रघुनाथ प्रधान निर्वाचित भएका हुन् ।

अध्यक्षसहित चार पदाधिकारीका लागि भएको मतदानमा महासचिवमा सुविन सितिखु १६६ मत, सचिवमा रविन भैनात्व १८० मत र कोषाध्यक्षमा चनकेशरी कोजु १७४ मतसहित निर्वाचित भएका हुन्। महासचिवमा रोहितकुमार फुयालले १६३ मत, सचिवमा तेजबहादुर श्रेष्ठले १४६ र कोषाध्यक्षमा ईश्वरबहादुर ढकालले १५३ मत पाएका थिए ।

कार्यसमितिका सदस्यहरुमा लक्ष्मी गिरी, सृजना सुवेदी, रामेश्व सिंखडा, ऋषिराज उपाध्याय, हरिकृष्ण सिलवाल, सुमन महर्जन र रविदास दोङ्ग पनि निर्विरोध निर्वाचित भएका छन् । टुर्गानको निर्वाचनको लागि निर्वाचन समितिले ८ सय ४६ सदस्यको मतदाता नामावली सार्वजनिक गरेको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।