प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’

Jul 24, 2026 04:27 PM Merolagani



नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताए ।

शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। कम्युनिष्ट शक्तिहरु सरकार गठन र सत्ता समिकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको उनको भनाइ छ । उनले विदेशी शक्तिहरुले मुलुक र जनतालाई भ्रममा पार्न लामो समयदेखि रणनीति बनाइरहेको कुरा समयमे थाहा नपाउँदा मुलुकको भूराजनीतिक संकटतर्फ उन्मुख भएको टिप्पणी पनि गरे ।

 

उनले चिनियाँ साम्राज्यवादी शक्तिहरूले अफिमको लतमार्फत चिनियाँ जनतालाई कमजोर बनाएर स्रोत–साधनमाथि कब्जा गरेको स्मरण गर्दै नेपालको पछिल्लो राजनीतिमा त्यही घटना दोहोरिएको तर्क गरे । उनले वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरुको कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएको उनको टिप्पणी छ ।

उनले भने, ‘दिनदिनैका सानातिना सुधारका कामहरू सरकारको समीकरण बनाउने, त्यही आधारमा प्रधानमन्त्री र बनाउने तथा पालिका र प्रदेशमा निर्वाचित हुने कुरालाई रणनीति बनाउन पुग्यौँ । मैले संश्लेषित रुपमा भन्नुपर्दा हामी कम्युनिष्टहरूको गल्ती भयो । हामीले विचारको स्कुलिङ निरन्तर युवापुस्तामा गर्नुपर्ने कुरालाई ध्यान दिएनौँ । हाम्रा बैरीहरू नेपाल राष्ट्र र नेपाली जनताका बैरीहरू भने रणनीति तिर लागेछन् । बैरीहरु नेपालमा कम्युनिष्टहरुलाई ठिक पार्नुपर्छ भनेर २० वर्षदेखि योजना बनाएर नागरिकलाई भ्रममा पार्ने कार्य गरेछन् । मूल कुरा कुरा के हो भने हामीले नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिरहनुपर्ने शक्ति आर्जन गरिरहनुपर्ने जनताको बिचमा गइराख्नुपर्ने र जनतालाई आन्दोलित गरिराख्नुपर्ने प्रमुख कामबाट हामी कँही न कँही बिमुख हुन पुग्यौँ । त्यहीँ निर हाम्रो कमजोरी भयो । चिनियाँ क्रान्तिको इतिहासमा साम्राज्यवादीहरूले चिनियाँ जनतालाई के गरी लुट्ने ? त्यहाँको साधन स्रोत कसरी कब्जा गर्ने ? भनेर जनतालाई अफिमको लत बसाइदिए । आम रुपमा जनतालाई अफिम खुवाएर लठ्ठ परेपछि के को राष्ट्रिय, स्वाधीनता ? त्यसरी नै साम्राज्यवादीले मजाले चीनको साधन स्रोत आफ्नो कब्जामा पारेका थिए । यो पटक हाम्रो त्यो गल्तीका कारण हामीले निरन्तर स्कुलिङ गर्न नसक्दा नयाँ पुस्तालाई हाम्रो त्यो कमजोरी माथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएछन् मैले जनताको अपमान गर्न खोजेको होइन । कस्तो अफिम सोसियल मिडियाबाट अल्गोरिदम म्यानिपुलेसनको । अफिममै लठ्ठ पारिदिए सबैलाई अब हामीले पनि अफिम युद्ध चलाउनुपर्ने भएको छ । अर्को कुनै उपाय छैन ।’

सामाजिक सञ्जालमा ‘एल्गोरिदम म्यानिपुलेसन’ मार्फत नयाँ पुस्तालाई प्रभावित बनाउने कार्य भएको भन्दै त्यसको प्रतिवादका लागि कम्युनिष्ट शक्तिहरुले वैचारिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले वाम एकताको दिगोपनको सुनिश्चितता नगरिकन वाम एकता सम्भव नभएको पनि बताए ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।