केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै सबै वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न र पुराना प्रयोगकर्ताको विवरण अद्यावधिक गर्न २०८३ असोज मसान्तसम्मको समय सीमा (अल्टिमेटम) तोकेको छ।
तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको हकमा भने राष्ट्र बैंकले केही लचिलो व्यवस्था गरेको छ। उनीहरूले विदेशमै बसेर अनलाइनमार्फत वालेट खोल्दा राष्ट्रिय परिचयपत्र नम्बर बिना नै अन्य आवश्यक कागजातका आधारमा खाता खोल्न सक्नेछन्। तर, उनीहरू नेपाल फर्किएको ३५ दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण वालेटमा अद्यावधिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ।