बिजुलीको भ्याट १ साउनबाट मात्र कार्यान्वयन: आन्तरिक राजस्व विभाग

Jul 27, 2026 06:39 PM Merolagani



आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर १ साउनबाट मात्र आकर्षित हुने स्पष्ट पारेको छ ।

आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ संशोधन गरी सरकारले विद्युत् सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्यक्तिका सम्बन्धमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो ।

 

सरकारले चालू आर्थिक वर्ष २०८३/०८३ को बजेट गत जेठ १५ मा सार्वजनिक गरेको थियो । जसमा बिजुलीको भ्याट खपतका आधारमा लागू गर्ने व्यवस्था थियो । त्यसअनुसार सरकारले ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकले ५ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको थियो । बजेट कार्यान्वयन हुनुपूर्व नै असार १ गतेदेखि नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट भ्याटसहित महशुल असुलेपछि त्यसको सर्वत्र आलोचना समेत हुँदै आएको थियो ।





प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।