नाईमा नेपाल मोबिलिटी एक्सपो २०२६ः ३० देखि ४० लाखका नयाँ ईभीले तताउनेछ बजार, कुन गाडी कस्ता ?

Aug 02, 2026 04:23 PM Merolagani



आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुन लागेको ‘नाईमा नेपाल मोबिलिटी एक्सपो २०२६’ लाई लक्षित गरी नेपाली अटोमोबाइल बजारमा नयाँ विद्युतीय सवारी साधन (ईभी) भित्रिने क्रम तीव्र भएको छ। 

विशेष गरी ह्याचब्याक र क्रसओभर सेगमेन्टलाई केन्द्रित गर्दै विभिन्न आधिकारिक वितरकहरूले अत्याधुनिक फिचर, शक्तिशाली ब्याट्री र आकर्षक डिजाइनका नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी गरेका छन्।

यो एक्स्पाेमा मुख्य आकर्षणको रूपमा रहने चार नयाँ विद्युतीय कारको मूल्य ३० देखि ४० लाख रुपैयाँको बीचमा रहने अपेक्षा गरिएको छ। यी कारहरूले एक पटकको फुल चार्जमा ३०० किलोमिटरभन्दा बढीको रेन्ज दिने दाबी गरिएको छ।

यी हुन् एक्सपोमा भित्रिन लागेका नयाँ मोडलहरुः

१. आर्कफक्स टी १

लक्ष्मी ई–मोबिलिटीले नेपाली बजारमा भित्र्याउन लागेको यो एक प्रिमियम क्रस ओभर र ह्याचब्याक मोडल हो। यसमा ४२.४ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। आधुनिक लुक्स र प्रिमियम फिचरका कारण यो कार युवा पुस्ता र प्रिमियम ह्याचब्याक पारखीहरूको रोजाइमा पर्ने देखिन्छ।

२. चेरी क्यूक्यू ३

पायोनियर मोटोकर्पले ल्याउन लागेको यो ईभीमा ९० किलोवाट क्षमताको रियर–ह्वील ड्राइभ मोटर र ४१.२ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसको मुख्य विशेषता भनेको सुरक्षाका लागि जडान गरिएको ‘लेभल–२ एडास’जस्ता उन्नत फिचरहरू हुन्,जसले यसलाई प्रविधि प्रेमी ग्राहकका लागि बलियो विकल्प बनाएको छ।

३. लिपमोटर बी ०३

साङ्ग्रिला मोटर्सले ल्याउन लागेको लिपमोटर बी ०३ दुईवटा ब्याट्री भेरियन्टमा उपलब्ध हुनेछ। ग्राहकले ३९.८ किलोवाट आवर र ५३ किलोवाट आवरमध्ये आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन्। फरक ब्याट्री क्षमताले गर्दा यो कार दैनिक सहरी यात्रा र लामो दूरीको यात्रा दुवैका लागि व्यावहारिक मानिएको छ।

४. वुलिङ बिंगो

बजेट र इन्ट्री–लेभल सेगमेन्टमा लोकप्रिय रहेको वुलिङ बिंगोले नयाँ ‘लाइटर प्रो’ भेरियन्टमार्फत कमब्याक गर्दैछ। यसमा ३१.९ र ३७.९ किलोवाट आवरको ब्याट्री प्याक तथा ५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। परिमार्जित डिजाइन र नयाँ फिचरसहित आउने यो मोडलले सहरी चालकहरूलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ।

बढ्दो प्रतिस्पर्धा

हाल नेपालको ३० देखि ४० लाखको ईभी सेगमेन्टमा बीवाईडी एट्टो १,टाटा पन्च ईभी,नामी बक्स र प्रोटोन ईमास ५ जस्ता मोडलहरू प्रतिस्पर्धामा छन्। नयाँ चार मोडलको आगमनसँगै यो सेगमेन्टमा प्रतिस्पर्धा झनै चर्किने र ग्राहकले छनोटका लागि थप विकल्प पाउने निश्चित छ।

नाईमा नेपाल मोबिलिटी एक्सपोले नेपाली अटो बजारमा विद्युतीय सवारीको पहुँचलाई थप विस्तार गर्ने र नयाँ प्रविधिबारे जानकारी दिने अपेक्षा गरिएको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।