नेपालका जीवन बीमा कम्पनीहरू ‘रिस्क–बेस्ड’ सल्भेन्सी प्रणालीमाः वित्तीय सुरक्षा अझ कडा, घट्यो कागजी सल्भेन्सी रेशियाे

Aug 05, 2026 10:54 AM Merolagani



नेपालका जीवन बीमा कम्पनीहरूको वित्तीय जोखिम बहन क्षमता (सल्भेन्सी) मूल्याङ्कन गर्ने शैलीमा ठूलो परिवर्तन आएको छ।

केयर रेटिङ्स नेपालले जारी गरेको विश्लेषणात्मक प्रतिवेदन अनुसार, नेपाल बीमा प्राधिकरणले पुराना नियमलाई विस्थापित गर्दै आर्थिक वर्ष २०८०/८१ देखि ‘जोखिममा आधारित पूँजी तथा सल्भेन्सी निर्देशिका’ लागु गरेपछि बीमा क्षेत्रको नयाँ तस्वीर बाहिर आएको छ।

सल्भेन्सी रेशियो भनेको के हो?

सल्भेन्सी रेशियो भनेको कुनै पनि बीमा कम्पनीले आपत्कालीन वा अनपेक्षित नोक्सानी (जस्तैः ठूला महामारी, प्राकृतिक विपत्ति आदि) सहन र बीमितहरूको भविष्यका सम्पूर्ण दाबी रकम सुरक्षित रूपमा भुक्तानी गर्न सक्ने वित्तीय सामर्थ्य वा ‘सुरक्षा कोष’ (फाइनान्सियल बफर) हो।

  • उच्च सल्भेन्सीः कम्पनी जोखिम व्यवस्थापनमा बलियो र सुरक्षित रहेको सङ्केत गर्दछ।
  • न्यून सल्भेन्सीः कम्पनी जोखिमको जोखिमपूर्ण नजिक पुगेको र नियामकको कडा निगरानी आवश्यक रहेको सङ्केत गर्दछ।

‘नियम–आधारित’ बाट ‘जोखिम–आधारित’ मा परिवर्तनः के फरक?

यसअघि प्रयोगमा रहेको ‘भ्यालूएसन निर्देशिका २०२०’ ले कम्पनीहरूको दायित्व मूल्याङ्कन तोकिएको निश्चित सूत्र र सामान्य अनुमानका आधारमा मात्र गर्दथ्यो। तर, नयाँ जोखिम आधारित पूँजी प्रणाली अन्तर्गत कम्पनीले लिएको वास्तविक जोखिमको प्रकृति र गम्भीरता अनुसार पूँजी कायम गर्नुपर्छ।

सल्भेन्सी रेशियाे =  उपलब्ध पूँजी स्राेत (Available Capital Resource - ACR)
जाेखिममा आधारित आवश्यक पूँजी (Risk Based Capital - RCB)

 

नियामकको ‘रेड सिग्नल’ र नियन्त्रण तहहरू

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको वित्तीय स्वास्थ्य निरन्तर जाँच्न चारवटा नियन्त्रण तह निर्धारण गरेको छः

तथ्यांकको विश्लेषणः किन घट्यो सल्भेन्सी अनुपात?

नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरू (राष्ट्रिय बीमा कम्पनी बाहेक, जसको वार्षिक प्रतिवेदन उपलब्ध छैन) को विगत ५ वर्षको सल्भेन्सी अवस्था विश्लेषण गर्दा नयाँ नियमपछि अनुपात घटेको देखिन्छः

पुरानो प्रणालीः उद्योगको औसत सल्भेन्सी अनुपात ३.२४ गुणा को उच्च विन्दुमा थियो।

नयाँ जोखिम आधारित पूँजी प्रणालीः औसत सल्भेन्सी अनुपात घटेर १.९९ गुणामा झरेको छ।

सल्भेन्सी रेशियो घट्नुको अर्थ बीमा कम्पनीहरूको वित्तीय अवस्था कमजोर भएको होइन। बरु, नयाँ प्रणालीले प्रत्येक जोखिमलाई थप सुक्ष्म र कडा रूपमा नापेकाले कागजी अनुपात घटेको हो। यसले कम्पनीहरूको वास्तविक वित्तीय स्थितिको पारदर्शी चित्र प्रस्तुत गर्दछ।

कुन कम्पनीको अवस्था कस्तो छ?

सबै १४ वटै जीवन बीमा कम्पनीहरू नियामकले तोकेको न्यूनतम १.३० (१३० प्रतिशत) को सीमाभन्दा माथि नै रहेका छन्ः

शीर्ष सुरक्षित सल्भेन्सी भएका कम्पनीहरूः

  • आइएमई लाइफः २.५९ गुणा
  • रिलायबल नेपाल लाइफः २.५५ गुणा
  • सन नेपाल लाइफः २.४४ गुणा

नियामकको तोकिएको सीमा नजिक (तर सुरक्षित) रहेका कम्पनीहरूः

  • हिमालयन लाइफः १.३२ प्रतिशत
  • एशियन लाइफः १.३३ प्रतिशत

अन्य कम्पनीहरूको सल्भेन्सी रेशियोः 

बुझ्नुपर्ने कुरा

कम्पनीहरू झनै सुरक्षितः नयाँ जोखिम आधारित पूँजी मोडल लागु भएपछि नेपाली जीवन बीमा क्षेत्र अन्तर्राष्ट्रियस्तरको नियमन प्रणालीमा प्रवेश गरेको छ, जसले बीमितहरूको रकमलाई थप सुरक्षित बनाउँछ।

सम्पत्तिको आकार मात्र सबैथोक होइनः ठूलो सम्पत्ति वा नेटवर्क भएका कम्पनीभन्दा पनि पूँजीको प्रभावकारी व्यवस्थापन र कडा जोखिम नियन्त्रण गर्ने कम्पनीहरू प्रतिस्पर्धामा अगाडि रहनेछन्।

समग्र क्षेत्र सुरक्षितः सबै कम्पनीहरू ‘आन्तरिक लक्ष्य’ (१३० प्रतिशत भन्दा माथि) कै दायराभित्र रहेकाले समग्र बीमा क्षेत्र वित्तीय रूपमा सन्तुलित र सुरक्षित देखिन्छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।