असार महिनाको २८ अर्ब व्यापारले खडा गर्‍यो रेकर्ड: वर्षभरिको जीवन बीमा कुल व्यवसायमा १३.९४ प्रतिशत हिस्सा एकै महिनामा

Aug 04, 2026 03:02 PM Merolagani



आर्थिक वर्षको अन्तिम महिना असारमा जीवन बीमा कम्पनीहरूले आफ्नो वार्षिक लक्ष्य पूरा गर्न र व्यापारको आकार फराकिलो पार्न गरेको कडा दबाबमूलक कसरतले बजारमा वर्षभरिकै धेरै कारोबार गराएको छ।

नेपालमा जीवन बीमा व्यवसाय गर्ने सम्पूर्ण बीमकहरू, लघु जीवन बीमा कम्पनीहरू तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलसमेतले आर्थिक वर्ष २०८२/८३ को असार महिनामा मात्रै कुल २८ अर्ब ५१ करोड ८८ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भएका छन्। नियमनकारी निकायबाट प्राप्त तथ्याङ्कले वर्षभरिको बाह्र महिनाको कुल व्यवसायसँग असार महिनाको कारोबारलाई तुलना गर्दा अत्यन्तै रोचक तथा गम्भीर आर्थिक पाटो बाहिर ल्याएको छ।

महिना

कुल बीमा शुल्क

२०८३ असार

२८ अर्ब ५१ करोड

२०८३ जेठ

१७ अर्ब ३३ करोड

२०८३ बैशाख

१५ अर्ब ७१ करोड

२०८२ चैत्र

१५ अर्ब ७३ करोड

२०८२ फागुन

१३ अर्ब ६६ करोड

२०८२ माघ

१६ अर्ब ६७ करोड

२०८२ पुस

१७ अर्ब ४७ करोड

२०८२ म‌ंसीर

१४ अर्ब ६८ करोड

२०८२ कार्तिक

१२ अर्ब ९८ करोड

२०८२ असोज

१३ अर्ब ९७ करोड

२०८२ भाद्र

१५ अर्ब ५९ करोड

२०८२ साउन

१९ अर्ब ६५ करोड

तथ्याङ्कको गहिरो विश्लेषण गर्दा, सम्पूर्ण आर्थिक वर्षभरिमा जीवन बीमा क्षेत्रबाट संकलित कुल बीमाशुल्क २० अर्ब ४५ करोड ९७ लाख रुपैयाँ रहेको छ। यसको मतलब, वर्षको १२ वटा महिनामध्ये केवल एकै महिना अर्थात् असार महिनामा मात्रै कुल वार्षिक व्यवसायको १३.९४ प्रतिशत हिस्सा सङ्कलन भएको छ। बाह्र महिनाको औसत मासिक कारोबारको हिसाब गर्ने हो भने हरेक महिना करिब ८.३३ प्रतिशत व्यवसाय हुनुपर्नेमा, एक्लो असार महिनामा मात्रै औसतभन्दा झन्डै दोब्बर अर्थात् अत्यधिक मात्रामा बढी कारोबार भएको यो तथ्याङ्कले स्पष्ट पार्छ। सामान्य महिनाहरूमा सुस्त गतिमा रहने जीवन बीमाको बजार असार लाग्नेबित्तिकै कसरी अस्वाभाविक रूपमा उकालो लाग्छ भन्ने कुरा यसले प्रमाणित गर्छ।

समीक्षा अवधिमा असार महिनामा मात्रै संकलित २८ अर्ब ५१ करोडभन्दा बढीको कुल बीमाशुल्कमध्ये नयाँ बीमा पोलिसी बिक्रीबाट आउने प्रथम बीमाशुल्क १० अर्ब ५८ करोड रुपैयाँभन्दा बढी  छ भने पुराना बीमितहरूबाट उठ्ने नवीकरण बीमाशुल्क १७ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। यसैगरी, असार महिनाको यो एक महिनाको अवधिमा मात्रै सम्पूर्ण जीवन बीमा कम्पनीहरूले ७ लाख ६० हजारभन्दा बढी नयाँ बीमालेखहरू बजारमा जारी गरेका छन्।

 

नेपालको बीमा बजारमा वर्षको अन्तिम महिनालाई केन्द्रित गरेर कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन, एजेन्टहरूको कमिसन र प्रोत्साहन स्किम तथा कम्पनीहरूको बार्षिक लक्ष्य भेट्ने प्रेसरका कारण मात्रै कुल वार्षिक व्यापारको करिब १४ प्रतिशत हिस्सा असार महिनामै थुप्रिने गरेको यो प्रवृत्तिले देखाउँछ। बाह्र महिनाको कार्यसम्पादनमा असार महिनाले एक्लै यति ठूलो भारी बोक्नुले बीमकहरूको बजार रणनीतिमा मौसमी दबाबको गहिरो प्रभाव रहेको प्रष्ट हुन्छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।