समस्याग्रस्त सहकारीका एक करोडभन्दा बढी बचत गर्ने बचतकर्तालाई स्वघोषणा फाराम भर्न आग्रह

Aug 05, 2026 04:42 PM Merolagani



समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक करोड रुपैयाँ वा सोभन्दा बढी बचत रकम भएका बचतकर्ताहरूले स्वघोषणा फाराम भर्न आग्रह गरेको छ। सरकारले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाहरूमा ठूलो रकम जम्मा गरेका बचतकर्ताहरूले अब अनिवार्य रूपमा स्वघोषणा फाराम भर्नुपर्ने भएको हो।

समितिको असार २५ गतेको निर्णय अनुसार यो प्रक्रिया अगाडि बढाइएको हो। यस स्वघोषणा प्रक्रियाअन्तर्गत बचतकर्ताहरूले आफ्नो व्यक्तिगत विवरण, सहकारीमा रहेको कुल बचत र सो बचतको स्रोतका बारेमा स्पष्ट खुलाउनुपर्नेछ। विशेष गरी उक्त रकम व्यापार, पारिश्रमिक, घरजग्गा बिक्री वा पैतृक सम्पत्ति जस्ता वैधानिक स्रोतबाट आर्जन भएको र प्रचलित कानुन बमोजिम सम्पूर्ण कर चुक्ता गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, बचत गरिएको रकम सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलाप वा अन्य कुनै फौजदारी कसुरबाट आर्जित नभएको कुराको सुनिश्चितता गर्न यो फाराम भर्न लगाइएको हो।

समितिले जारी गरेको सूचनामा उल्लेख भए अनुसार, फाराम भर्दा तोकिएको महलमा विवरण भर्न ठाउँ नपुगेमा बचतकर्ताले छुट्टै पानामा बाँकी विवरण भरेर संलग्न गर्न सक्नेछन्। दाबी गरिएको रकमको पुष्टि गर्न समितिले आवश्यक ठानेका बखत बचतकर्ताले सम्बन्धित कागजात र प्रमाणहरू उपलब्ध गराउनुपर्ने सर्तसमेत राखिएको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।