'मन्थली इन्भेस्टर मिट' आयोजना हुँदै: पुँजी बजारको वर्तमान अवस्था र अवसरबारे छलफल गरिने

Aug 05, 2026 04:50 PM Merolagani



बाआमा कन्सल्टेन्ट सर्भिस प्रालिको आयोजनामा 'मन्थली इन्भेस्टर मिट: सिजन १' (Monthly Investor Meet - Season 1) सञ्चालन हुने भएको छ।

इन्भेस्टर मिट  २०८३ साउन २३ गते रोयल ट्युलिप, ग्वार्को, ललितपुरमा हुने बताइएकाे छ ।

'नेपालको पुँजी बजार: वर्तमान परिदृश्य, चुनौती, समाधान र सर्ट सेलिङ तथा इन्ट्राडे ट्रेडिङको भविष्य: जोखिम कि नयाँ अवसर?' विषयमा केन्द्रित रहेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

उक्त अन्तरक्रियात्मक  प्यानलिस्टका रूपमा अनुभवी बैंकर पर्शुराम कुँवर क्षेत्री, व्यवसायी तथा भू-राजनीतिक/आर्थिक विश्लेषक अरुणकुमार सुवेदी र अन्तर्राष्ट्रिय पुँजी बजार विज्ञ मुक्ति अर्याल सहभागी भई बजारको अवस्था र रणनीतिबारे विचार मन्थन गर्नेछन्। कार्यक्रममा पुँजी बजार विश्लेषक अजित खनाल की नाेट स्पीकर रूपमा रहनेछन्। 

नेपाली सेयर बजारका लगानीकर्ताहरूलाई बजारका नयाँ प्रवृत्ति, सर्ट सेलिङ, इन्ट्राडे ट्रेडिङ तथा नेटवर्किङको अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। 




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।