अर्थ मन्त्रालयको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत ५ जनालाई सर्टलिस्ट (छनौट) गरेको हो।
मन्त्रालयले २०८३ साउन २१ गते सार्वजनिक गरेको सूचना अनुसार, उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्यअनुभव र उनीहरूले पेस गरेको व्यावसायिक तथा वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा अन्तर्वार्ताका लागि छनोट गरिएको हो।
छनोटमा परेका उम्मेदवारहरूमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन् ।
छनोटमा परेका उम्मेदवारहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आफ्नो व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिनुपर्नेछ। यी पाँच जनामध्येबाट समितिले उपयुक्त नाम सिफारिस गर्ने र सोही आधारमा मन्त्रिपरिषद्ले आगामी कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ।
कोषको नेतृत्वका लागि योग्य र सक्षम व्यक्तिको खोजी गर्ने क्रममा यो प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।