त्रिशक्ति सेक्युरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार सुविधा, ९ वटा शाखाबाट सेवा पाइने

Aug 12, 2026 02:42 PM Merolagani



त्रिशक्ति सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ४८) ले आफ्ना योग्य ग्राहकहरूका लागि मार्जिन कारोबार सुविधा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको “मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२” तथा प्रचलित नियामकीय व्यवस्था बमोजिम कम्पनीले यो सेवा सुरु गरेको हो।

यस सुविधा अन्तर्गत धितोपत्र बोर्ड र कम्पनीले तय गरेको तोकिएको मापदण्ड तथा शर्तहरू पूरा गर्ने योग्य लगानीकर्ताहरूले स्वीकृत सीमाभित्र रही मार्जिन कारोबार गर्न पाउनेछन्।

मार्जिन कारोबार सुविधा लिन इच्छुक लगानीकर्ताहरूले आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी मार्जिन कारोबार खाता (Margin Trading Account) खोल्नुपर्नेछ। यो सेवा कम्पनीको मुख्य कार्यालय काठमाडौँका साथै पोखरा, महेन्द्रनगर, धनगढी, हेटौँडा, बुटवल, बनेपा, ललितपुर र भक्तपुर शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ।

मार्जिन कारोबार उपयोग गर्दा लागू हुने मार्जिन सीमा, ब्याजदर, धितोपत्रका रूपमा राख्न सकिने योग्य शेयरहरू, प्रारम्भिक तथा कायम राख्नुपर्ने मार्जिन र अन्य नियम तथा शर्तहरूबारे विस्तृत जानकारी कम्पनीका कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।