आम्दानीसँगै बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

Aug 13, 2026 07:11 AM Merolagani



सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी, खुद नाफा र प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ।

सञ्चालन आम्दानीः अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्ष ७.५६ प्रतिशतले वृद्धि गरी १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुर्‍याएको छ।

खुद नाफाः अघिल्लो आर्थिक वर्षको १ अर्ब २ करोड ८२ लाख रुपैयाँको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ७.७० प्रतिशतले बढेर १ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ।

कुल नाफाः कम्पनीको कुल नाफा अघिल्लो वर्षको २ अर्ब रुपैयाँबाट १५.६२ प्रतिशतले बढेर २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

वित्तीय खर्चः कम्पनीको वित्तीय खर्च अघिल्लो वर्षको २९ करोड ६२ लाख रुपैयाँबाट घटेर २४ करोड २४ लाख रुपैयाँमा झरेको छ, जसले नाफा वृद्धिमा टेवा पुर्‍याएको छ।

चुक्ता पूँजीः कम्पनीको चुक्ता पूँजी अघिल्लो वर्षको ४.९७ अर्बबाट बढेर ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

अन्य इक्विटी/जगेडा कोषः कम्पनीको जगेडा कोष ४ अर्ब ८७ करोड र पुनःमूल्याङ्कन कोष ३३ करोड ६८ लाख रुपैयाँ गरी कुल इक्विटी १० अर्ब ४३ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

दीर्घकालीन ऋणः कम्पनीको दीर्घकालीन ऋण २ करोड २९ लाख रुपैयाँमा सीमित रहेको छ।

अल्पकालीन ऋणः अल्पकालीन ऋण अघिल्लो वर्षको ३ अर्ब ७९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

कुल सम्पत्तिः कम्पनीको कुल सम्पत्तिको आकार १६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

सर्वोत्तम सिमेन्टले प्रतिकूल आर्थिक वातावरण र उच्च उत्पादन लागतका बाबजुद सञ्चालन आम्दानीलाई १०.२५ अर्ब नाघाउँदै १.१० अर्ब खुद नाफा कमाएको छ। प्रतिशेयर आम्दानी २१ रुपैयाँ २० पैसा र नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा हुनुले उद्योग क्षेत्रका कम्पनीहरूमा सर्वोत्तम सिमेन्टको वित्तीय स्थिति उच्च र मजबुत रहेको देखाउँछ। भारतीय बजारमा निर्यात विस्तार र लागत नियन्त्रणको रणनीतिले कम्पनीको आगामी नाफामा थप योगदान पुर्‍याउने देखिन्छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।