बिक्री आम्दानी घटेपछि शिवम् सिमेन्ट्सको नाफा सामान्य घट्यो

Aug 13, 2026 07:57 AM Merolagani



शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ७९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा १.७२ प्रतिशत घटेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १०.८७ प्रतिशत घटेको छ भने कुल नाफा ७.८४ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा १९.४४ प्रतिशत बढेको छ भने कुल खर्च १३.२५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६० पैसा घटेर १४ रुपैयाँ ३ पैसामा झरेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ४४.२७ गुणा रहेको छ।

५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९६ करोड रुपैयाँ सञ्चित छ।

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।