मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्दै

Aug 19, 2026 11:06 AM Merolagani



मन्त्रिपरिषद्को नियमित बैठक आज अपराह्न बस्ने भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने गरी तयारी पुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित प्रशासनिक कार्यसूचीका साथै विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरूमाथि छलफल र निर्णय हुने बताइएको छ । यसका साथै, मुलुकको पछिल्लो राजनीतिक अवस्था, आर्थिक सुरक्षा र समसामयिक विषयहरूमा पनि मन्त्रिपरिषदमा विचार-विमर्श हुने तय भएको छ ।

सामान्यतया हप्ताको दुई पटक बस्ने मन्त्रिपरिषद् बैठकले कर्मचारी प्रशासन,वैदेशिक भ्रमणको स्वीकृति र विभिन्न समितिहरूमा गरिने नियुक्तिसम्बन्धी निर्णयहरू गर्ने गर्दछ। आजको बैठकले पनि केही महत्वपूर्ण प्रशासनिक निर्णयहरू गर्न सक्ने सम्भावना रहेको छ। सिंहदरबारमा बस्ने यस बैठकमा सहभागी हुन सबै मन्त्रीहरूलाई आवश्यक निर्देशन दिइएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।