बुधबार नेप्से परिसूचक ०.२६ अंक घटेर २६२२.२२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक घटेको छ। यसदिन सेन्सेटिभ फ्लोट इण्डेक्स घट्बढ नभई स्थिर भएको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आजको बजारमा ९५ लाख ८ हजार ८८२ कित्ता शेयर तीन अर्ब २९ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।
यस दिन पनि माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। माउन्ट एभरेष्टको शेयरमूल्य ९० रुपैयाँ ४० पैसा बढेर ६९३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ भने सर्वोत्तम पेन्ट्सका शेयरमूल्य ७८ रुपैयाँ ६० पैसा बढेर ६०३ रुपयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। कारोबारमा आएको मनकामना इन्जिनियरिङ्ग कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.४५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा साहस उर्जा कम्पनी यस दिन शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको १७ करोड ५२ लाख रुपैयाँ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै,यस दिन सोलु हाइड्रोपावरको १६ करोड ८८ रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्स्को कारोबार रकम १५ करोड ५५ लाख रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ, हाईड्रोपावर, निर्जीवन बीमा अन्य र व्यापार उपसमूहको परिसूचक सकारात्मक रहेको छ। त्यसैगरी विकास बैंक, फाइनान्स, होटल तथा टुरिजम, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन लघुवित्त,र म्युच्अल फण्ड उपसमूहको परिसूचक घटेको छ।