सौर्य ऊर्जा क्षेत्रका दुई कम्पनी: पियोरसँगै झापाको सुधारात्मक प्रगति

Aug 24, 2026 11:31 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएका सौर्य उर्जाहरु कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। हालसम्म दोस्रो बजारमा सूचीकृत पियोर इनर्जी र झापा इनर्जीले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेका हुन्।

यी दुवै कम्पनीहरुले सार्वाजनिक गरेको प्रगति विवरण विश्लेषण गर्दा दुवै कम्पनीहरुको वित्तीय अवस्था सन्तुलित देखिएको छ। पियोर (PURE) ले लगानीमा आक्रामक वृद्धि गर्दै व्यावसायिक विस्तार गरेको पाइन्छ भने झापा इनर्जीले पनि अघिल्लो आर्थिक वर्षको ठूलो घाटालाई सच्याउँदै नाफा र प्रतिशेयर आम्दानीमा उत्कृष्ट सुधार गरी व्यवसायलाई पुनः लयमा ल्याउन सफल भएको देखिन्छ।

नाफाकाे कुरा गर्दा, झापा (JHAPA) ले अघिल्लो आर्थिक वर्षमा एक करोड ९७ लाख रुपैयाँको ऋणात्मक अवस्थालाई सुधार गर्दै एक करोड ४६ लाख रुपैयाँ बराबर धनात्मक बनाउन सफल भएकाे छ। यता पियोर इनर्जीको खुद नाफामा भने अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। यस अवधिमा पियोरको नाफा २०.८८ प्रतिशतले संकुचन भई दुई करोड ५३ लाख रुपैयाँमा समेटिएकाे छ।

पियोर इनर्जीको लगानी विस्तार र जगेडा कोषको बलियो आधार

पियोर इनर्जीको नाफामा केही गिरावट आएको भएतापनि कम्पनीले लगानी विस्तारमा जोड दिएको पाइन्छ। लगानीको दृष्टिकोणबाट पियोर इनर्जीले ठूलो फड्को मारेको छ। कम्पनीले अर्थिक वर्ष ४८१.३ प्रतिशत बढी लगानी विस्तार गरेको छ। कम्पनीले यस अवधिमा १५ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो अर्थिक वर्षमा कम्पनीले जम्मा दुई करोड ७० लाख रुपैयाँ मात्रै लगानी गरेको थियो। कम्पनीको दीर्घकालीन विस्तार योजना र भविष्यको आय वृद्धिप्रतिको प्रतिबद्धतालाई जोड दिएको देखिन्छ। यसको विपरीत झापा इनर्जीको लगानी सम्बन्धी रणनीतिमा भने स्थिर रहेको देखिन्छ।

कम्पनीले दुई करोड रुपैयाँ लगानी गरेको छ। त्यसैगरी, कम्पनीको वित्तीय मजबुती मापन गर्दा जगेडा कोषको आधारमा पनि पियोर इनर्जीको उल्लेख्य बढोत्तरी भएको देखिन्छ। समीक्षा अवधिमा यस कम्पनीले दुई करोड ९१ लाख रुपैयाँ सञ्चित गरेको छ। साथै झापा इनर्जीले पनि आफ्नो ऋणात्मक रहेको जगेडा कोषलाई सुधार गर्दै धनात्मक बनाउन सफल हुनु कम्पनीको वित्तीय अवस्था सुधारात्मक रहेको प्रष्ट पारेको छ। दोस्रो बजारका लगानीकर्ताका लागि सबैभन्दा आकर्षक सूचक मानिने प्रतिशेयर आम्दानीका आधारमा झापा इनर्जी तीन रुपैयाँ ८६ रुपैयाँ रहेको छ भने पियोरको तीन रुपैयाँ १६ पैसा छ। 

चुक्ता पूँजी ८० करोड रूपैयाँ भएकाे पियोर इनर्जी तुलनात्मक रूपमा बलियो देखिएको छ भने झापा इनर्जीको चुक्ता पूँजी ३८ करोड एक लाख ९० हजार मात्र रहेको छ। लगानीकर्ताले यी कम्पनीको भविष्यको वृद्धिमा अत्यधिक विश्वास गरेको बुझाई छ। कम्पनीको प्रतिशेयर नेटवर्थमा दुवै कम्पनी १०१ देखि १०३ रुपैयाँको हाराहारीमा यद्यपि, असार मसान्तको अन्तिम करोबारको रुपमा गणना भएको दुवै कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) भने २५० गुणाभन्दा माथि रहेको देखिन्छ। कम्पनीको पीई रेसियोको आधरमा हेर्दा यी शेयरहरू निकै महँगो भएको संकेत गरेको छ। गत भदौ ५ गते शुक्रबार, दोस्रो बजारमा भएको कारोबारको आधारमा झापाको शेयर मूल्य १ हजार ३५ रुपैयाँ कायम छ भने पियाेरको ७९७ रुपैयाँमा कारोबार भएको थियाे।

व्यवस्थापकीय र प्राविधिक चुनौती

पियोर इनर्जीले आफ्नो व्यवसायिक प्रतिवेदनमा नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौता अनुसार निरन्तर विद्युत् आपूर्ति र नियमित भुक्तानी प्राप्त भइरहेको उल्लेख गरेको छ। कम्पनीले वित्तीय अनुशासनलाई प्राथमिकता दिएको छ। बैंकको ऋण र ब्याज समयमै भुक्तानी गरिरहेको यो कम्पनीले आयोजनाको मर्मत सम्भार प्रभावकारी हुँदा प्राविधिक नोक्सानी कम भएको दाबी गरेको छ। अर्कोतर्फ, झापा इनर्जीले भने प्राविधिक चुनौतीहरु सामना गरिरहेको उल्लेख गरेको छ। शिवसताक्षीस्थित १० मेगावाटको सौर्य आयोजनाको एउटा इन्भर्टरमा आगलागी भएपछि हाल उत्पादन ७.५ मेगावाटमा खुम्चिएको बताएकाे छ। यद्यपि, बीमा दाबी र नयाँ उपकरण खरिद प्रक्रिया अघि बढेकाले कम्पनी छिट्टै पूर्ण क्षमतामा फर्कने तयारीमा छ। समग्रमा, दुवै कम्पनीले आफ्ना सबल र दुर्बल पक्षसहित बजारमा उपस्थिति जनाएका छन्। जहाँ पियोर इनर्जी लगानी विस्तारमा र झापा इनर्जी कार्यक्षमता सुधारमा केन्द्रित देखिएका छन्।

पियोर इनर्जी १० मेगावाट सौर्य पि.भि. विद्युत आयोजना ब्लक–१ र १० मे.वा. सौर्य पि.भि विद्युत आयोजना ब्लक–२ को मुख्य संरचनाहरु बाँके जिल्लाको खजुरा गाउँपालिका (साविकको रनियापुर गा.वि.स.) मा दुई लाख ९१ हजार ७५७.१३ वर्ग मिटरमा फैलिएका छ। त्यसैगरी झापा इनर्जीले कम्पनीले नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट १० मेगावाटको सौर्य विद्युत आयोजना विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरेको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।