कर्णालीमा बन्ने भए ८६० मेगावाटका दुई जलविद्युत आयोजना, जुट्यो सवाँ खर्ब भन्दा बढीको लगानी

Aug 24, 2026 12:01 PM Merolagani



कर्णाली प्रदेशको कालीकोटस्थित तिला नदीमा निर्माण हुने तिला–१ र तिला–२ जलविद्युत आयोजनाका लागि लगानी सुनिश्चित भएको छ।

कुल ८६० मेगावाट क्षमताका यी दुई ठूला आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै निर्माणको बाटो खुलेको छ।

ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित तिला–२ जलविद्युत आयोजनाका लागि एभरेस्ट बैंकको नेतृत्वमा ११ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने सम्झौता गरेका छन्। ७० अर्ब ७ करोड रुपैयाँ कुल लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत ऋण (५२ अर्ब ५५ करोड) र २५ प्रतिशत स्वपुँजी रहनेछ। दैनिक ६ घण्टा पिकिङ क्षमताको यो अर्धजलाशययुक्त आयोजना ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

 

त्यसैगरी, तिला नदीमै निर्माण हुने ४४० मेगावाटको तिला–१ जलविद्युत् आयोजनाका लागि एनएमबी बैंकको नेतृत्वमा १३ वटा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्। एससी पावर कम्पनी प्रवर्द्धक रहेको यस आयोजनाको २९८ मेगावाट क्षमता निर्माणका लागि ५९ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनाबाट २०८७ पुससम्ममा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ।


यी दुवै आयोजना ‘पिकिङ’ (विद्युत्को उच्च माग हुने समयमा बढी उत्पादन गर्ने) प्रकृतिका हुन्। तिला–१ र तिला–२ सञ्चालनमा आएपछि नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ। यी आयोजनामा स्वदेशी लगानीकर्ताका साथै स्थानीय बासिन्दा र सर्वसाधारणको समेत शेयर रहने कम्पनीहरूले जनाएका छन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।