कृष्णभीरमा सडकको जगै भासियो: मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा ठप्प

Aug 30, 2026 09:01 AM Merolagani



अविरल वर्षा, बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडकको जगै खस्किएर भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बाढीले सडकको ठूलो हिस्सा कटान गरी भित्तासमेत भासिएकाले अहिले दुवैतर्फबाट सवारी साधन चलाउन सक्ने अवस्था छैन। सडक पूर्ण रूपमा ठप्प भएपछि काठमाडौँ भित्रिने र बाहिरिने सयौँ सवारी साधन तथा हजारौँ यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्।

त्रिशूली र नारायणी नदीमा जलसतह अत्यधिक बढेको र राजमार्गका विभिन्न ठाउँमा निरन्तर पहिरो खसिरहेकाले यात्रा अत्यन्तै जोखिमपूर्ण बनेको छ। सडकको अवस्था गम्भीर रहेकाले मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।