तीन स्थानमा पहिरो खस्दा कान्तिलोकपथका सडक पूर्ण रूपमा अवरुद्ध

Sep 25, 2026 10:27 AM Merolagani



निरन्तरको वर्षाका कारण कान्तिलोकपथ सडक खण्डको तीन विभिन्न स्थानमा ठूलो पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खसेकाे हाे। पहिरो खसेकाले दुवैतर्फबाट सवारी साधनको आवतजावत ठप्प बनेको छ।

सडक विभाग र स्थानीय प्रहरीको टोली पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन खटिसकेको छ। 

मकवानपुरतर्फको कान्तिलोकपथ सडकखण्ड भने हालसम्म कुनै अवरोध नरहेको बताइएकाे छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।