सुनचाँदीको मूल्य घट्ने क्रम जारी

Sep 07, 2026 10:58 AM Merolagani



भदौ २२ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला दुई हजार ४०० रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनदेखि सुनचाँदीको मूल्य निरन्तर घट्दाे क्रममा रहेकाे छ ।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।