सुनचाँदी दुवैको मूल्य घट्यो

Sep 01, 2026 11:00 AM Merolagani



भदौ १६ गते, मंगलबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी तोलाको १५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।