नौ कारोबार दिनपछि २६०० विन्दुमुनि नेप्से

Sep 30, 2026 03:08 PM Merolagani



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से घटेसँगै २६०० विन्दुमुनि झरेको छ। नेप्से परिसूचक नौ कारोबार दिनपछि २६०० विन्दुमुनि झरेको हो। यस अघि गत भदौ २९ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो।

यस दिन नेप्से परिसूचक ४.८२ अंक घटेर २५९८.८९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५२ स्टकको ४७ हजार ९०० पटकको कारोबारमा ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको १ करोड २६ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सयपत्री हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको साढे १८ करोड रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।