प्रि ओपन सेसन अपडेटः साढे ३ अंक बढ्यो नेप्से

Oct 09, 2026 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार २.३१ अंक बढेर २५७४.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५४ अंक बढेर २५७८.२० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५३ अंक बढेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ६८ स्टकको ११७ पटकको कारोबारमा ४४ लाख ६० हजार २९७ रुपैयाँ ३० पैसाबराबरको १० हजार ४८४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने ३६ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।