सुन र चाँदी दुवैको मूल्य बढ्यो

Oct 09, 2026 11:00 AM Merolagani



असोज २३ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।