गत असोज १७ गते शनिबारको तुलनामा असोज २३ गतेसम्म आइपुग्दा सुनको मूल्य ९०० रुपैयाँ मात्र बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत असोज १७ गते शनिबार २ लाख ९४ हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा २ लाख ९५ हजार ७०० मा पुगेको हो ।

त्यस्तै, असोज १८ गते आइतबार भने एकैदिन २ हजार ९०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज १९ गते सोमबार अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै, असोज २० गते मंगलबार भने सुनको मूल्य स्थिर रह्यो । त्यस्तै, असोज २१ गते बुधबार भने ८०० रुपैयाँले बढेर उक्त दिन सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएकाे थियाे । त्यस्तै, असोज २२ गते बिहीबार पनि प्रतितोलामा ५०० रुपैयाँले बढेर सुन २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै, असोज २३ गते शुक्रबार भने एकैदिन २९०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएकाे थियाे ।
यसरी हेर्दा, एक हप्ताको अवधिमा सुनको मूल्यमा त्यति धेरै उतारचढाव भने आएन् । चाडपर्वको माहोल भएकाले पनि सुनको मूल्य स्थिर रहेको हुन सक्ने सुन व्यवसायीको आकंलन छ ।