लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM Merolagani



लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।

काठमाडौँ परिसरका प्रमुख (एसएसपी) दिलीप घिमिरेका अनुसार सम्पत्ति शुद्धीकरण तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरसम्बन्धी विषयमा अनुसन्धानका लागि भट्टलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले भट्टलाई हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यसबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने काठमाडौँ प्रहरीले जनाएको छ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।