करदाता प्रोत्साहन कार्यक्रमः ३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार

Oct 18, 2026 06:12 PM Merolagani



आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् । 

दशैंका अवसरमा नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’ बाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका लागि छनोट भएको हो ।

काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत चर्चित कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताहरूको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै कलाकारद्वयले कार्यक्रमस्थलबाटै तामाङलाई टेलिफोनमार्फत १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए । शुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारहरूले नेपाल सरकारको आधिकारिक करदाता प्रोत्साहन योजना भएको आश्वस्त पारेका थिए । आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालकाअनुसार उपभोक्तामाझ बिल लिने बानीको विकास गर्न यो कार्यक्रम लागू गरिएको हो ।

असोज १६ देखि ३१ गतेसम्मको अवधिमा बिल प्रविष्ट गर्ने २ लाख ७५ हजार ८ सय ८४ र क्युआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३ सय ८० गरी कुल ३ करोड ७७ लाख ५५ हजार २ सय ६४ कारोबार यस प्रक्रियामा सहभागी भएका थिए । विभागले बम्पर उपहारका अतिरिक्त असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका १/१ जना गरी कुल १६ जना दैनिक विजेतालाई जनही १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ (कर कट्टीपछि खुद १ लाख रुपैयाँ) समेत घोषणा गरेको छ । 

बम्पर विजेता सन्तमाया तामाङलगायत सम्पूर्ण विजेताहरूले दशैँ बिदा सकिएपछि आगामी कात्तिक १५ गतेभित्र आफूले खरिद गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजश्व कार्यालयमा पुगेर रकम दाबी गर्नुपर्ने विभागले जनाएको छ




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।