राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसैक्रममा आज पुनः १५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिएको हो।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। यसमा निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्।
यो ८ दिने निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक २० गते गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।