प्रदूषित हावाले दिल्ली बेहाल, लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहर

Nov 04, 2026 07:39 AM Merolagani



उत्तर भारत र पाकिस्तानका केही क्षेत्रमा मंगलबार वायु प्रदूषणको स्तर उच्च देखिएको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार राजधानी दिल्लीमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ३३२ पुगेको छ, जुन ‘अति खराब’ श्रेणीमा पर्छ । 

आईक्यूएयरका अनुसार पाकिस्तानको लाहोरमा एक्यूआई ४४७ पुगेको छ । त्यहाँ पीएम २.५ कणको मात्रा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डभन्दा ६० गुणा बढी छ ।

वर्षको यस समयमा यस क्षेत्रमा वायु प्रदूषण गम्भीर बन्ने गर्छ । सवारीसाधन, निर्माण गतिविधि र पराल जलाउँदा निस्कने प्रदूषक चिसो तथा बाक्लो हावामा जमेर धुवाँ र तुवाँलोको मिश्रण (स्मग) बनाउँछन् । यसले प्रदूषणको स्तर बढाउनुका साथै स्थानीय बासिन्दामा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य जोखिम बढाउँछ ।

दिल्लीमा प्रदूषण नियन्त्रणका लागि प्रदूषण फैलाउने सवारीसाधन र निर्माण गतिविधिमा प्रतिबन्धलगायत उपाय लागु गरिएका छन् । तर, नोभेम्बर ८ मा पर्ने दीपावलीका क्रममा पटका पड्काउँदा प्रदूषण थप बढ्न सक्ने आशंका छ । 

भारतको सर्वोच्च अदालतले दीपावलीमा कम प्रदूषण गर्ने पटका मात्र पड्काउन अनुमति दिएको छ । यद्यपि, सञ्चारमाध्यमको एक रिपोर्टअनुसार बजारमा सबै प्रकारका पटका बिक्री भइरहेका छन् ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Oct 30, 2026 10:45 AM

कार्तिक १३ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।