सामसङको ग्यालेक्सी नवप्रवर्तन र एनसेलको कनेक्टिभिटी नेटवर्कलाई जोड्दै यो सहकार्यले छनोट गरिएका ग्यालेक्सी स्मार्टफोनमा निस्शुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानीजस्ता विभिन्न सुविधा उपलब्ध गराउनेछ।

नयाँ स्मार्टफोन खरिदमा मात्र सीमित नरही सामसङ र एनसेल ले ग्राहकलाई पुरानो टूजी प्रविधिबाट छिटो फोरजी कनेक्टिभिटीमा जान प्रोत्साहित गरिरहेका छन्। टूजीदेखि फोरजी अपग्रेड अभियानअन्तर्गत ग्राहकले जुनसुकै टूजी डिभाइस साटेर सामसङको फोरजी स्मार्टफोन खरिद गर्दा ५ हजार रूपैयाँसम्मको एक्सचेन्ज सुविधा पाउन सक्नेछन्।
आकर्षक एक्सचेन्ज सुविधासँगै उपलब्ध न्यूनतम १ हजार २२१ रूपैयाँको ईएमआई सुविधा पनि रहेको छ। यस सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार १२ महिनासम्मका लागि एनसेलका छनोट गरिएका मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउन सक्नेछन्।