लक्ष्मी सनराइज बैंक गल्फ प्रतियोगिताको उपाधि दीपक कार्कीलाई

Nov 23, 2026 04:37 PM Merolagani



काठमाडौंमा सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपककुमार कार्कीले जितेका छन्। गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न प्रतियोगितामा १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारेका हुन्।

दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ उपविजेता बने। त्यस्तै, नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते।

महिलातर्फ अञ्जिला योञ्जन ३४ अंकसहित विजेता बनिन् भने बिपना श्रेष्ठ ३३ अंकसहित उपविजेता भइन्। ६० वर्षमाथिको सिनियर विधातर्फ प्रकाश एसजेबी राणाले ३४ अंकसहित उपाधि जित्दा पूर्णमान शाक्य ३३ अंकसहित दोस्रो भए।

प्रतियोगितामा विजय श्रेष्ठ इनहाउसले लङ्गेस्ट ड्राइभ, रोबिन राणाले क्लोजेस्ट टु द पिन र टासी डोङले ६ बर्डीसहित मोस्ट बर्डीजको पुरस्कार प्राप्त गरे। त्यस्तै, लक्ष्मी सनराइज बैंकको रङ झल्किने पहिरन लगाएका विजयबहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले एलिगेन्ट गल्फरको पुरस्कार पाए।

लक्ष्मी सनराइज बैंकको प्रायोजनमा आयोजित प्रतियोगिता तीन चौथाइ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको थियो। प्रतियोगितामा ११ महिलासहित कुल ११२ गल्फरको सहभागिता रहेको थियो।

प्रतियोगिताका विजेताहरूलाई लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, प्रमुख कार्यकारी अधिकृत सुमेध भट्टराई र गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।