काठमाडौंस्थित मेरियट होटलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकका प्रतिनिधिले उक्त अवार्डहरू ग्रहण गरेका थिए। यसअघि पनि यी विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले यस अवार्डले ग्राहकवर्गको सुविधा र सहजतालाई ध्यानमा राखी निरन्तर नवीनता र नवप्रवर्तनलाई आत्मसात् गर्न थप ऊर्जा प्राप्त भएको बताए। “हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,” उनले भने।
भिसा इन्टरनेशनल कार्ड प्रदायक कम्पनी हो। नेपालमा भिसाले बर्सेनि भिसा लिडरसिप कन्क्लेभ (VISA LEADERSHIP CONCLAVE) आयोजना गर्दै आइरहेको छ। नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले एक महत्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ। बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ।