नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत मंसिर ५ गतेको तुलनामा मंसिर ११ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ७०० रुपैयाँले मात्र वृद्धि भएको छ ।
महासंघले जारी गरेको एक हप्ताको सुनको मूल्य हेर्दा, गत मंसिर ५ गते शनिबार नेपाली बजारमा सुनको मूल्य २ लाख ४५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, मंसिर ६ गते आइतबार सुन प्रतितोलामा २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, मंसिर ७ गते सोमबार भने सुनको मूल्य बढेको थियाे । उक्त दिन सुन प्रतितोलामा ४ हजार ८०० रुपैयाँले वृद्धि भइ २ लाख ४७ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तैगरी, मंसिर ८ गते मंगलबार ५०० रुपैयाँले बढेको सुनको प्रतितोला मूल्य भने २ लाख ४७ हजार ९०० रुपैयाँमा पुगेको थियो । मंसिर ९ गते बुधबार भने एकैदिन ६ हजार ५०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा झरेको थियो ।
त्यस्तै, मंसिर १० गते बिहीबार एक हजार ४०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० मा किनबेच भएको थियो । र, मंसिर ११ गते शुक्रबार भने सुन प्रतितोलामा ३ हजार ३०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
समग्रमा हेर्दा, यो हप्ताभर सुनको मूल्य घट्ने र बढ्ने गरे पनि मूल्यमा ठूलो उतारचढाव आएन् । सुन व्यवसायीहरुले पनि मंसिर महिना लगनको महिना भएकाले पनि मूल्यमा उतारचढाव बताएका छन् ।