महालक्ष्मी विकास बैंकद्धारा खेलाडी महर्जन सम्मानित

Mar 21, 2018 Merolagani



महालक्ष्मी बिकास बैंक (MLBL) ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेश्वर महर्जनलाई सम्मान स्वरुप दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको ५० औं एसियन च्याम्पियनसिप उपाधि जितेर नेपाललाई विश्वसामु पहिचान गराएकाले बैंकले महर्जनलाई सम्मान गरेको हो ।

खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक बिकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्वेश्यले सहयोग गरिको बैंकले जनाएको छ ।

 

आगामी दिनहरुमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्दता व्यक्त गरेको छ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।