कात्तिकमा अर्थद्वारा ६ अर्ब बढी निकासा,जंगी अड्डालाई मात्रै ३ अर्ब

Nov 27, 2018 Merolagani



विभिन्न शीर्षकमा कात्तिक महिनाभर अर्थ मन्त्रालयबाट ६ अर्ब भन्दा धेरै रकम निकासा भएको छ । मन्त्रालयका अनुसार नियमित भैपरी आउने खर्च, भौतिक सुविधा, साधारण प्रशासन खर्च, आर्थिक साहायता, विशिष्ट व्यक्ति भ्रमण खर्च लगायत शीर्षकमा उक्त रकम निकासा गरिएको हो ।

कात्तिक महिनामा सबै भन्दा धेरै रकम निकासा नेपाली सेनाका लागि भएको मन्त्रालयले जनाएको छ । कार्तिक महिनामा जंगी अड्डाले भैपरि आउने विकास कार्यक्रम अन्र्तगत ३ अर्ब ४ करोड ५० लाख रुपैयाँ निकासा पाएको छ ।

त्यस्तै सेना पछि धेरै रकम मन्त्रालयबाट राष्टिय परिचय पत्र व्यवस्थापन केन्द्रको लागि निकासा भएको छ । केन्द्रले दुई पटक गरेर एक अर्ब ६६ करोड ८५ लाख ४१ हजार रकम बिनियोजन भएको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले पनि १ अर्ब ४६ करोड २६ लाख २५ हजार रुपैयाँ रकमान्तर निकासा पाएको मन्त्रालयले जनाएको छ ।

यसका अलवा कर्मचारीको स्वास्थ्य उपचार सहयोग,विशिष्ट व्यक्तिको भ्रमण भत्ता तथा खर्च र विभिन्न मन्त्रालयको साधरण खर्च शीर्षकमा पनि रकमान्तर भएको छ । कात्तिक महिनाभर अर्थमन्त्रालयबाट भएको रकमान्तरको पूर्ण विवरण यस्तो छ ।